Friday 14 November 2014

मेरा भावनाहरू

नाेटः मैले २००९ देखि फेसबुकमा पाेष्ट गरेका भावनाहरूलाइ एक ठाउँमा भेला गर्ने प्रयास गर्दैछु । पहिला लेखिएका पाण्डुलिपी नभएकाे र  भुलवस अरू कसैका भावनाहरू पर्न गएमा क्षमा याचना गर्दछु र क्रमश हटाउदै जानेछु अनि फेसबुकका भावना भएकाेले साहित्यकाे नियम अनुसार नहुन सक्छन बिस्तारै यसलाइ पनि सुधार गर्नेछु ।


जिबन सायद सारंगीको तार होला रेटी रहेछु घरि घरि 

जिबन सायद भार भएर होला घिस्री रहन्छ वरी परि 

हिडौ बाटाहरुमा तगारो देख्छु उडौ हावाका छिद्रहरु छैनन् पखेटामा,

जिबन साएद बर्षात होला अध्यारो बादल अनि झरी झरी !!







त्यो नउदाउने अौशीको चन्द्र किन हेरौ साथी
छिया-छिया भएनी चलेकैछ मुटु किन फेरौ साथी
आफैले फेर्ने श्वासले त एकदिन विश्वास घात गर्छ,
अन्यायसै वेदनामा आफ्नो घाँटी किन सेरौ साथी !!!

_______________________________________________________________________

मन्द मुस्कान अनि निधारमा टिका देखियो ।

पछाडी त्यो प्रकृतिक सौन्दर्य फिका देखियो ।।

तुलना हुदैन कहिले पनि हिरासँग फलामको,

प्राकृतिक सौन्दर्य अनुहारमा हिराको सिक्का देखियो ।।।


_________________________________________________________________

धेरै पछि देखियो फरक केही देखिएन

सम्बन्ध गाढा उस्तै कमि केही भेटिएन

भाग्य अाफ्नो जहाॅ जहाँ भए पनि

गहिरो मित्रता रहेछ कहिले मेटीएन
__________________________________________________________



कबि भएको भए कबिता नै लेख्ने थिए

साथ भए दिन रात तिमीलाई देख्ने थिए
खै नियतीको नियत भनौ कि मेरो वाध्यता
मौका मिले तिमी हिड्ने मुलबाटो छेक्ने थिए !!

_____________________________________________________________


तोरी फ़ुल्छ झर्नलाई जिबन नफुलोस्

कसैले वहकाउदा नाता सम्बन्ध नभुलोस्
टुटाउन खोजे कसैले त्यो पबित्र नाता,
हातमा हात कस्नु कहिले नढलोस् ।।



_______________________________________________________________


पत्थरमा मन हुन्छ भन्छन

तर मान्छेमा त्यो हुदैन

अरुको वेदनामा हास्छ मान्छे

उसलाई अलिकति पनि छुदैन
_______________________________________________________________

नातीकाजी/फत्तेमान/ दिनेश

सन्दर्भ संविधानसभा माघ ८ (वियाेग गीत)

यस्तो पनि हुँदो रैछ, जोकतन्त्रमा कैले-कैले।

नेतालाई विश्वास गर्नु, एउटा भुल गरे मैले।
यस्तो पनि हुँदो रैछ।

मैले जस्तो भाेट दिने, तिमीलाई लाखाै होलान।
तिम्रो लागि म जस्ता, लाखाै लाख जनता रोलान।
जुनपाटीलाइ आफ्नो सम्झेको थिए, उही धोकेवाज भयो अहिले।

नेतालाई विश्वास गर्नु, एउटा भुल गरे मैले।
यस्तो पनि हुँदो रैछ।

हाम्रा मत कुल्चिजाने, तिम्रै मत फलोस फुलोस।
हाम्रा अाशा मारिजाने, तिम्रै अाशा सबै पुगोस।
अपुरा ईच्छा हाम्रा पनि, संविधान पाउने कैले कैले।

नेतालाई विश्वास गर्नु, एउटा भुल गरे मैले।
यस्तो पनि हुँदो रैछ।
माघ ८ गयो अहिले, सपना मात्र देखे मैले ।
यस्तो पनि हुँदो रैछ ।
_________________________________________________________________


सन्धर्भ: (प्रेम दिवसको)
सुन्दर गुलाफको मुन्टो निमोठेर प्रेम सझाउनेहरु
झुटो बाचा कसम दिएर माया लगाउनेहरु
भ्यालेनटाइन मनाईरहेछन टाँसिएको फोटो फेसबुकमा राखेर,
कहिले नमिल्ने समान धुर्बका असमान चुम्बकहरु

__________________________________________________________________


न थियाे कुनै अस्तित्व अायाे गड्गडाई

मार्याे निर्दाेश सबै बिना कुनै लडाई

उजाड पार्याे शहर अनि गाउँ बस्ती,

गयाे घरबार लिएर नबिर्सने चाेट लगाई

______________________________________________________________________


जे भोग्दैछौ भोग त्यही हो जिन्दगी 

जे सोच्छौ सोच विपरित छ जिन्दगी

दुख किन मान्छौ हाँस अाज दिल खोलेर

आज छ वा भोली छैन जिन्दगी

__________________________________________________________________________


किन अन्यायसै तिम्रो मेरो सम्बन्धमा घात लाग्यो
असिम अनि अटुट त्यो मायाको मात लाग्यो 
जुनी जुनी बस्छु भन्थ्यौ यो मुटुमा नबिझाउने गरी
आज तेही मुटुमा तिम्रो जोर लात लाग्यो !!
_______________________________________________________________________________

आकाशका तारा गन्न भन्यौ सकिन तर ग्रह गनीदिए
नोकर सम्झियौ सायद जे जे भन्यौ तेही मानीदिए

सोध्यौ एक सवाल आज विहेपछि मलाई पाल्छौ भनेर,

तिमी पशु बन्यौ भने बाधेर घाँस हाल्छु भनीदिए !!
________________________________________________________________________________

रुख थियो अति सुन्दर हरियो अलिकति झुकेको,
हाँसो रोक्ने कोशिस गरे मुस्कान देखियो लुकेको ।।

_________________________________________________________________________________

(माेदी अाउने बाटाेमा फूल राेपिदिए माेदी अाएनाै) २
(मुक्तिनाथकाे कसम खाइ जनकपुर अाउछु भन्थेउ किन अाएनाै) २

(देश बनाउने सारा अाशा तिमीसगै राखेकाेथे, साँचाे नेता पाए भनी पल पल पर्खी बसे) २
तर तिम्राे अाशाले नै जीउदै मारयाे अाज माेदी तिमी अाएनाै
मुक्तिनाथकाे कसम खाइ जनकपुर अाउछु भन्थेउ किन अाएनाै

(मन थिएन भने तिमले झुटाे अासवासन किन दियाै, मन हुनेलाइ धाेका दियाै धाेकेवाजलाइ माया लायाै) २
माया गनेलाइ पराइ ठानी गयाै बेगहानी माेदी अाएनाै
मुक्तिनाथकाे कसम खाइ जनकपुर अाउछु भन्थेउ किन अाएनाै

माेदी अाउने बाटाेमा फूल राेपिदिए माेदी अाएनाै
हाे ......... माेदी अाएनाै
_________________________________________________________



यो नेपाली ऋण गरि विदेश तिर लम्कन्छ 
देश फिर्ने कुरा गरे नमज्जाले बम्किन्छ 

२० बर्ष बसे पनि आको ऋण तिर्दैन 
बरु फिर्लान लाशहरु यो नेपाली फिर्दैन 

चाहे रोकोस भिजा दिन यो नेपाली टेर्दैन
गैर कानुनी भए पनि आफ्नो देश फिर्दैन

बहादुर छ नेपाली डलर बाहेक हेर्दैन 
बाबु आमा मरे पनि यो नेपाली फिर्दैन

यो नेपाली ऋण गरि विदेश तिर लम्कन्छ
देश फिर्ने कुरा गरे नमज्जाले बम्किन्छ
_________________________________________________________

फुल सम्झी हात राखे काडा बनी घाेची दियाै
अाफ्नाे सम्झी मनमा राखे पराइ तिमीले साेची दियाै
एकाेहाेराे माया गर्नु भुल मेराे थियाे हाेला
मलाइ पाखा लगाइ अाज अरू तिर रूची दियाै ।।

_________________________________________________________


भारत देखि आएको हुदहुदले बषाॅ गरायो
मन देखि आएको काउकुतिले मुक्तक फुरायो
झरी र उनीसंगको खै के हो सम्बन्ध 
मलाई पनि त्यो झरीले उनीसंगै पुर्यायो
_________________________________________________________



तिम्रो आगमनले झिलीमिली छ मेरो शहर तिमी सधै आइदिनु मोदी 
तिम्रो आगमनले मुहार फेर्छ मेरो शहर तिमी सधै धाइदिनु मोदी 

संबिधानको नाममा ब्वासा, स्याल र गीद्दहरुले मेरो देश लुछीरहेछन् 

तिम्रो आगमनले सधै खुशी मेरो शहर एक थान संबिधान ल्याइदिनु मोदी 

"एक थान सविधान पनि ल्याइदिनु मोदी !!!"

_________________________________________________________


धेरैचोटी लेख्न खोजे केहि फुरेन आज
फेसबुकमा इस्टाटस लेख्ने साइत जुरेन आज

अरुका पोस्टमा लाइक र कमेन्ट देखे

एउटा पोस्ट गर्न भोली कुरेन आज ।।

(बुझ्नेलाई अनुहार किताब, नबुझ्नेलाई कलमको बिँड)

यति भन्दा पनि नबुझे, आँखा चिम्लिएर भीरमा हिड् ....

_________________________________________________________





बैसले उन्माद चढेर होला

इज्वत उनीको सढेर होला

चुम्बक जस्तो दुबैको शरिर

अार्कषण अलि बढेर होला

_________________________________________________________


केश फरक भए पनि फेस एउटै
तिमी र म जन्मिएको देश एउटै

तस्वीर एकै भिन्न भिन्न हेराइ अनेक 

तिम्रो मेरो जीवन जिउने रेस एउटै

_________________________________________________________


तिमीले मैले अोड्ने छाता उस्तै उस्तै
अन्यायसै भेट भयो नाता उस्तै उस्तै

एउटै वहाना थियो झरी छल्ने

छाता भित्र गनेॅ बात उस्तै उस्तै

_________________________________________________________


पारस सरकारलाई सोधे भन्लान जिन्दगी गाजा हो 
औषधी नपाएको बिरामीलाई सोधे भन्लान जिन्दगी आज हो

मैले आफैलाई सोधे जिन्दगी न बिहानी न साँझ हो 

खै के हो के हो............

_________________________________________________________


दार्ही खौरिएर जवान बन्नेहरु
कपाल रंगाएर जवान भन्नेहरु 

छेउमा आउदा पशुझै गनाउँछन 

पर्फीयुम छर्किएर जवान ठान्नेहरु

_________________________________________________________



धेरै नाच्ने रहर थियो कम्बर भाचिएन
सबै जना कर गथेॅ कहिले नाचिएन

तिमी मात्र होइन अाज धेरै छक्कपरे,

जमिन भासिन्छ जस्तो लाग्थ्यो तर भासिएन ।।

__________________________________________________________


यादहरुले सताएमा अाँखा छोपी भुलिदिनु
सपनामै भए पनि एकचोटी डुलिदिनु

नकुनॅु है बुबा आमा छोरो/छोरी आउने बाटोहेरी,

निधार थाप्छु यहीदेखि आशिवाॅद चुलिदिनु । 

निधार थाप्छु यहीदेखि अाशिवाॅद चुलिदिनु ।।

_________________________________________________________



४२% अल्कोहोल त्यो आफैमा बल्छ 
आगो जस्तो अखबरे भन्छ त्योनी चल्छ 

त्यो कस्तो शरीर हो आगो खाएर अंगार फाल्ने

आफुले त दुध खाएनी शरीर गल्छ ।।।

_________________________________________________________


कहिलेकाही ऐना हेर्छु बांगिएको रुप जिन्दगी
देउता मानि पुजा गरे बालिएको धूप जिन्दगी 

दुनिया आफ्नै तालमा बाझा बझाउछ,

मलाई के मतलब सम्मालिएको चुप जिन्दगी ।

_________________________________________________________


चेलीहरु सबैले तीजको निम्तो पाएको मान्नु 
तितो मिठो जेखाएनी दर खाएको ठान्नु 

माइती लिन आएन यो तीजमा, 

अर्को तीजमा पक्कै आउनेछ यहि जान्नु !!

________________________________________________________


निन्द्रा आफनो भुलि सुताए हामीलाई
आँशु आफनो झारेर हसाए हामीलाई

पिडा कहिल्यै नदिनु ती भगवानलाई

दुनिया आमा बाबु भन्छन् जसलाई !!!!

रहर छैन फेसबुकमा बुबाको तस्बीर टास्नलाई
३६४ दिन भुलेर एक दिन साइनो गास्नलाई

हराउनेछु बुबा सधै भरि हजुरको यादमा,

परेको छैन एक दिन तस्बीर हेरेर हास्नलाई !!!

_________________________________________________________


दुखिया कर्म हारेको होइन 
मुटुमा गाठो पारेको होइन

आमा बुबा छोड्ने बाध्यता मेरो 

गोहीको आशु झारेको होइन !!!

__________________________________________________________


सपना देख्छौ रातभरी भन्छौ अहिले जेपीटि
तेस्कै फल पाउन हुने गर्थियो छटपटी

___________________________________________________________


आखिर गल्ति भनेको त सधै अरुले नै त गर्ने हो नि ................... 
आफु त सधै राम्रो मान्छे ......???

आखिर दोष भनेको त सधै अरुलाई नै त लगाउने हो नि ................. 

आफु त दुधले नुहाएको मान्छे .....???

भनेर भन्नु भन्दा
आफुले गरेको अपराध र कुकर्मको फल कुरेर बस्नु नै वेस................ त्यो अवस्य मिल्छ !!!
(हेज पुराणबाट प्राप्त दिब्य ज्ञान)

__________________________________________________________


दिनमा नखोज रात नै प्यारो छ मलाई 
स्वार्थी दुनियामा नसोचे हुन्छ अरुको भलाई !

किन बस्छौ इर्स्या गरेर अरुको

साहस भए कोरे हुन्छ आफ्नै चितामा सलाई !!

__________________________________________________________


अस्त व्यस्त समय, जन्झिरमा छ जीवन 
नसोध कुनै हालचाल, अपराधीको मन्दिरमा छ जीवन !!

विश्वास नगर मलाई, विश्वासघातीहरुसंगको घुमफिरमा छ जीवन 

आशाहरु नपलाउदै मर्छन, दुस्मनको तिरमा छ जीवन !!

____________________________________________________________


कोहि गर्छन वा वा कोहि गर्छन छ्या छ्या 
कुरै बुझ्न सकिन आफै भए स्या स्या !!!!!

_____________________________________________________________


बिवशताको ज्वालामा रापिएर जीवनको यात्रा गरिरहेको छु 
कयौ छाल आए पनि सागर तरिरहेको छु !

शिशिर यामको वृक्षको पातझै आफै झरिरहेको जीवन 

त्यहि जीवन जिउने बहानामा पलपल मरिरहेको छु !!

_____________________________________________________________


किन आजकाल, मान्छे भनाउदाहरु मनपराउदिन 
पर्फ़ुइम छर्किएर, वासना छराउनेहरु मनपराउदिन 

छोडीदेउ मलाई एकान्तमा सधैभरि,

आफैले आफैलाई, देवता कहलाउनेहरु मनपराउदिन ।।

_____________________________________________________________


खडेरी लाग्यो विश्वासमा 
भरोसाहरु टाढा भाग्दैछन् !

अविश्वासको खेति गर्नेहरु 
हरेक प्रहर जाग्दैछन् !

अरुको असफतामा रमाउनेहरु 
मानवताको सिमा नाघ्दैछन् !

कुकर्मको परिधि पारगर्नेहरु 
जीवनको भिख माग्दैछन !

_____________________________________________________________


यो हेडसेट जस्तो मेरो जिन्दगी, जती खुस्काए पनि गाठो परिरहने ..........
_____________________________________________________________


सपनाहरु सझाउदैमा मेरो जीवन बित्यो
सुन्दर बिहानी सजाउने आशाहरु मरिसके !!

आदर्शले भरिएका तिम्रा जोसिला भाषणमा
रमाएर ताली बजाउने हातहरु गलिसके !!

कति छर्र्छौ आश्वासनका गुलिया चाराहरु
सुकाएर बेदनाका आशुँहरु गरिबीमा जलिसके !!

घरि घरि चोटहरु नदेउ मलाई.
निको भएन घाउ ओखतिहरु दलिसके !!

सुन्दर नेपाल हेर्ने मेरो इच्छा
अमृत फल्ने वृक्षमा विषहरु फलिसके !!

अमृत फल्ने वृक्षमा विषहरु फलिसके !!

______________________________________________________________


सुताई भनेको त सपना सहित पो हुनुपर्छ 
बिना सपनाको सुताई त चितामा हुन्छ !!

_______________________________________________________________


स्वार्थका लागि गासिएका सम्बन्धहरु, कि त स्वार्थ पूरा भएर वा नभएर अन्त्य हुन्छन............
सतप्रतिसत बिस्वास गर्नु भनेको, आफैले धोका पाउनु हो..............

सबै मानिस स्वार्थी छन्, सबैलाई चेतना भया...............

_______________________________________________________________


आजकाल पानी पिउदिन म, दारुमा अलि दम छ !
फोगटमा पानी किन किन्ने, बीयरको मूल्य कम छ !!

कहिलेकाही साथी भाइ सग, कहिलेकाही तनाब भुलाउन जम्छ !

आज मैले टन्न खाएकोछु, मसंग भिड्ने मन छ ???

_______________________________________________________________


ठुलै प्रतिस्प्रधा भयो, अनुहार पुस्तिकामा भित्ता भर्नेको 
माता तिर्थ बिर्सिएर, "Mothers Day" Wish गर्नेको !

३६४ दिन रंगिन संसारमा भुलेर, १ दिन आमाको तस्बिर सेयर गर्नेको 

कागजको किताब त देख्न नपाउने आमा, Facebook Status हेर्ने को ???

________________________________________________________________


हावा चलेको बेला छाता ओढ्नुको के तुक.....................
________________________________________________________________


मनको बाँध भत्किएसी, रहेन ठाउँ टुट्ला भन्नु
रित्ताई दियो भाग्यले, बाँकी छैन लुटला भन्नु ।।

सुकिसके आशाका बोट, खै कसरि उठ्ला भन्नु 
सबै पराई के रह्यो र, साईनो अब छुट्ला भन्नु ।।

व्यर्थ हुन्छ अब सगै, ती मन् फेरी जुट्ला भन्नु 
नङ्गाएसी अभागीलाई, भाग्यले के चुटला भन्नु ।।

_________________________________________________________________


घाम कति बेला झुल्किन्छ र अस्ताउछ मलाई के मतलब??? रातलाई दिन बनाए पछि ....................
_________________________________________________________________


फरक अनि उल्टो जीवनको अभ्यास गरिरहेछु ..........................
__________________________________________________________________


यो सुनसान मध्यरात लण्डन चिर निन्द्रामा सुतिरहेछ म आफ्नो गन्तव्यमा लम्किरहेछु ...लमक....लमक ....लमक ....
__________________________________________________________________


धेरै दिन पछि आज फेरी रोए
येही रुवाइमा दुख पिडा धोए ........................

___________________________________________________________________


छ केवल आफ्नो भन्नु एक मुठी सास मात्र
आफनै बनेर घाटी रेट्ने बिरानो प्रबास मात्र

नहारे आउला जिन्दगीमा फर्केर तिम्रै दुनियामा

छ फगत् तिम्रै बनेर जित्ने मिठो आश मात्र.......

__________________________________________________________________




प्रेम गर्नु र प्रेम गरिनु एउटै कुरा होइन । फेरी प्रेम को अर्थ विवाह गर्नु पनि होइन । स्नेह नानीप्रती हुन्छ, ममता आमाको हुन्छ । सहानुभुती गरिवलाई हुन्छ, माया आफ्नो हाडनातामा हुन्छ, तर प्रेम ???????

__________________________________________________________________


अरूको मुख थुनेर हास्नुको मज्जा नै अकोॅ...हा हा हा ....
__________________________________________________________________



म आमा हु तिम्री 
तिमीहरु मलाई टुक्रा टुक्रा पारेर 

प्रत्येक टुक्रामा राज्य गर

अनि आफ्नो जातीय राज्यको 

पुरुषार्थ देखाओ दुनिया सबैलाई 

जेठो, माइलो, साइलो, साइली............राज्य 

अनि खुशियाली मनाओ बिजयीको !!!!

___________________________________________________________________



मेरो पेट तेसै फुलेको होइन
यसमा देशको अर्थ लुकेको छ ।

सत्तामा बसी देशको मह काड्दैछु 

मलाई के थाहा देश दुखेको छ ॥

____________________________________________________________________


याे जिन्दगी के जिन्दगी
बाध्यतामा बाच्नु पनेॅ ॥

मन भरी पिर बोकी

रून्चे हासो हास्नु पनेॅ ॥

जीवन एउटा खेल रहेछ 
नत जीत नत हार भयो ॥

ढुंगा खियाउदैछु समुन्दमा

नत वार नत पार भयो ॥

__________________________________________________________________


किन मान्छे अरुले तपाईं नभनी मपाई हुन खोज्छ ॽ 
किन मान्छे घमण्डी भएको छ ॽ 

किन मान्छेले आफ्नो परिचय आफै दिन खोज्छ ॽ

किन मान्छे आफुसंग नभएको कुरा देखाउन चाहन्छ ॽ 

किन मान्छे अरुलाई सुखी र खुसी देख्छ ॽ

किन मान्छे अरुलाई दोषी देखाउछ ॽ 

किन मान्छे आफ्नो बारेमा मात्र सोच्छ ॽ 

किन मान्छे आफ्नो मृतु भुल्छ ॽॽॽ 

यी प्रश्नका चित्त बुझ्दो जवाफ मैले पाउन सकेको छैन ॥

___________________________________________________________________

किन मान्छे प्रस्न मन पराउछन् ॽ
किन मान्छे उतर दिन चाहदैनन् ॽ

किन मान्छे सग यी प्रस्नहरुका उतर छैनन् ॽॽॽॽ

___________________________________________________________________


हांसोलाई जीवनको अंश ठान्दै जीउन चाहन्छु
रोदनलाई जीवनको बंश मान्दै जीउन चाहन्छु॥

आखिर जीवन पोखरी रैछ सुख दुख तैरीने
दुख पियर आफ्नो भागमा जीउन चाहन्छु॥

थकानमा चौतारी खोजीन बर्षातमा ओत रोजीन
जीवन भोगाई रहेछ वास्तविकतामा जीउन चाहन्छु॥

________________________________________________________________


पूर्व जाने रहर टरेर गयो
देश फिर्ने इच्छा मरेर गयो

व्यथा छ मनमा अनि आँखामा 
टिलपिल यो आसुँ झरेर गयो

सधैं हतारमा समय अभावमा
अठोट हिजोको सरेर गयो

एउटै परिवार अनेक दिसामा 
छरपस्ट पारी छरेर गयो

मन छोडेर शरीरमात्र उड्दै
सातौ समुन्द्र तरेर गयो

_______________________________________________________________


किन होला आजकल यहाँ रातले पिरोल्छ 
आफ्नै अन्तरमनको तुच्छ बातले पिरोल्छ

पीड़ाबाट टाडा भई सुखी बन्ने चाहनाको
असहज बाटो यस्तो मातले पिरोल्छ

भाग्य कर्म आफै लेख्छु पराधिनता स्विकारर्दिन
भन्ने मान्छे मलाई आफ्नै हातले पिरोल्छ

मैले मलाई आफैले नै चिन्न नसकेको होला
आफैबाट सिर्जीत यस्तो घातले पिरोल्छ !

_____________________________________________________________


बुझ्न खोजेँ कथा उकासिनेहरूको,
जरा थिएन कतै मासिनेहरूको ।

छिटो फल्ने उहि मलखातको फलझैँ
निरश थियो व्यथा भासिनेहरूको ।

यात्रा अमर छ आफ्नै जरामा टिक्नेको,
हाँगै पिच्छे दोमन टाँसिनेहरूको ।

गन्ति बढी जन्ति उनैको हजार,
शोक खै फँडानिमा नासिनेहरूको ।

______________________________________________________________


ओठमा मुस्कुराहट,लगाइएको मह छ 
ह्र्दय यहाँ सबैको सतही तह छ!

भाँसियो सम्वेदनशीलता मानवमा
खोक्रो हृदय, बोली यहाँ मह छ

लेउ लागेको दृष्टि फाटेको दिल छ 
नुन-चुकले रंगिएको घाउ चह चह छ !

____________________________________________________________


आफ्नो देश सानो रैछ परीश्रम गर्ने ठाउँ पाइएन ।
मरुभुमीलाइ शहर बनायौ तर बस्ने गाउँ पाइएन ।।

प्रकृतीले सींगारेको देश आफ्नो स्वर्ग झै छ ।
नेता जती भएपनी निती भाको माउ पाइएन ।।

लोभी पापी स्वार्थी जती हाम्रै देशमा जन्मीएछन ।
घर परीवार चलाएनी देशको साझा बाउ पाइएन ।

____________________________________________________________


सक्दिन म झार्न कहिल्यै, जुनतारा नि ।
सागर पनि मरुभूमीमा, मोड्छु भन्दिन ।।

शरीरै हो जाडो गर्मी, हुन्छ निश्चय ।
भुईंमा सुत्छु अनि आकाश, ओढ्छु भन्दिन ।।

दुःख गरे ढुंगो फल्छ, यही माटोमा ।
चन्द्रमामा खेती लगाई, गोड्छु भन्दिन ।।

__________________________________________________________


माया गर्छु प्रिय बीचमै, छोड्छु भन्दिन ।
पक्का हुन्छ वचन मेरो, तोड्छु भन्दिन ।।

किन गरौं ठूला कुरा, हुनै नसक्ने ।
मन जित्न हिमाल पहाड, फोड्छु भन्दिन ।।

भन्न जस्तो पूरा गर्न, हुन्न सजिलो ।
धर्तीलाई आकाशमा नि, जोड्छु भन्दिन ।।

___________________________________________________________


हत्तेरी ! हजुर किन बात सम्झनु हुन्न
चर्काचर्की भा' को त्यो रात सम्झनु हुन्न

बर्तमानको ठीकठाकले बिगत बिर्सायेछ
दुख पर्दा समा' को यो हात सम्झनु हुन्न

प्रख्याति हजुरको म बिना त झनै
फेसबुकमा कमेन्टसको खात सम्झनु हुन्न

भरियो भनि रित्तो हात हिजको
किन आज आफ्नो औकात सम्झनु हुन्न

________________________________________________________


धेरै थकाई पछी सिकियो
टाढा नपुग्ने बाटो हिडियो
मेरो छायाको हेर दुर्दशा
छाती बिचको भागै चिरियो‌
_________________________________________________________


सुनिरहे मिठो गित भाका बुझिन
टोलाइ रहे हुल भित्र तमासा बुझिन

हेरी रहे तिमीलाइ प्यासहरु बोकी

सुर्यस्तमा विहानिको आसा बुझिन

_________________________________________________________


नलेखेरै प्रित सुनौला, कहानी भैसकेछ ।
नदेखेरै सपनी नौला, बिहानी भैसकेछ ।।
तिमीलाई सम्झि आँशु, झार्ने छैन भन्थेँ
कठै बरा निथ्रुक्क त, सिरानी भैसकेछ ।
इतिहास लेख्दै छु म, बचपन हिजै जस्तो
नफक्रँदै ओईलिएको, जवानी भैसकेछ ।
तिमी बिना हो कि, सायद धड्कन बिना
जलेर मुटू भित्र-भित्रै, खरानी भैसकेछ ।
अंधेरीको आभाष छ म त एक्लै-एक्लै छु
प्रतिबिम्व आफैसंग, बिरानी भैसकेछ ।
_________________________________________________________


भो कल्पनाहरु परै बस 
अनि सपनाहरु कुना पस 

आखिर 

वास्तविकता मै झेलिनुछ

परिस्थितिसगँ जेलिनुछ 

कालो बादलसगँ मडारिनुछ 

चिसो सिरेटो मेरो साथीछ 

भयो आँखाहरु अरु आँसु नझार 

कठोर छ जिवन जहाँ

कोमलता नखोज ।
_________________________________________________________


फूल र जिन्दगी:
आखिर
'फूल पनि त
झर्नकै लागि फुल्ने हो।'
__________________________________________________________


बडो कष्ट पछि आज, जब कुर्ची हात लाग्यो ।
अघि-पछि दाँया-वाँया, चम्चेको जमात लाग्यो ।।

भोट माग्दा हिजो अस्ति, खुट्टा सम्म ढोग्दै थियौ,

सत्ता जित्या भोलिपल्टै, जनताको भात लाग्यो ।

___________________________________________________________


गरीब मुलुक हाम्रो नेपाल, गरीब नै अटाउछन यहाँ
शोषक अनि महाजनहरु गरीब चुसी मोटाउछन यहाँ,

तन्त्रै तन्त्र आईरहन्छ यहाँ रुप धारण गरी गरी

जे तन्त्र आएपनि गरीबलाई धुलो चटाउछन यहाँ।।

____________________________________________________________


स्वस्थानी उही हो यहाँ खालि गाता फेरिन्छ प्रवृत्ति उही हो यहाँ खाली नाता फेरिन्छ रमाउँ कसरी परिवर्तनको खुशीले म ? मान्छे उनै हुन् यहाँ खाली छाता फेरिन्छ ।
____________________________________________________________


सुगन्ध कहीं फूलमा र कहीं पातमा हुन्छ
दिनको छटपटी बिर्से मधुमास रातमा हुन्छ
भोको, काकाकूल, प्यासी र बेहोसी मान्छे पनि
रमाउँछ गजबले, जब हितैषी साथमा हुन्छ ।
______________________________________________________________


सास भए नी लास भएको छु  

बाँच्ने कुनै आस छैन

सधैँ रुवाउँछ मलाई दैव

लाग्छ उसमा कुनै प्यार छैन
सबै शत्रु झैँ गर्छन् मलाई

मायालु कुनै मुहार छैन
_______________________________________________________________


न छर्लङ्ग सूर्य देखियो अँधेरी उस्तै छ
अस्त-व्यस्त आँगन र मझेरी उस्तै छ
अन्तिम सास फेर्ने बेला उनले भन्थे
म गएपछि अर्कै बिहान आउँछ तर खडेरी उस्तै छ । 
_______________________________________________________________


हेर्दै थिए तिमिलाई नै पराईसँग हाँस्दै थियौ 
झर्न लाग्दा आँशु मेरा अन्तै साईनो गाँस्दै थियौ । 

आज मैले चोट पाउदा खुशीमा नै मस्तै थियौ 

के थाहा होला पराईलाई उसको जिवन नास्दै थियौ ।।

____________________________________________________________


घाम लाग्याे गरम भयाे खल खल पसिना अायाे
जे पायाे तेही लेख्न खाेजेकाे नेपाली सायरी पाे भयाे 

____________________________________________________________


मुटुको घाउ चर्किरहेछ औषधी एकजात छैन 
दुःख आईपरेको छ मायालुको साथ छैन 
अब त संसारै बिरानो लागी सक्यो मलाई 
बलिन्द्रधारा आंशु बगेको छ पुछीदिने हात छैन ॥
_____________________________________________________________


पुरानो कीताब भीत्र कतै 
ओइलाएको फूल भेटीए झैँ

अचानक भेटीयौ तीमी 

वेदनाको मूल भेटीए झैँ ।
_____________________________________________________________




साउनकाे भेल जस्तै मैले तिम्राे माया पाए
मरूभुमी जीन्दगीमा तिम्राे शितल छाया पाए
साथ सधै दिने थिए तिम्राे काेमल हात पाए
जिवन सायद बुझ्ने थिए पुर्णिमाकाे रात पाए ।।
__________________________________________________________



म राेएर भए पनि गदैछु बिदा

अरूकाे भावनाकाे ख्याल गर्नु टाढा हुँदा
_________________________________________________________


छाती भरी आगो बाली बाँच्न कति गाह्रो हुन्छ
आँखाबाट आँशु झारी बाँच्न कति गाह्रो हुन्छ
सजिलै बिर्स्यौ तिमीले, तर तिमी नै भन त
कसैको याद सम्हाली बाँच्न कती गाह्रो हुन्छ ।
_______________________________________________________

खित्त्का छोडेर बिदा भयौ
छोडेर गयौ रहस्य एक

सम्झनाको लहरसँगै
जोडेर गयौ रहस्य एक ।।
________________________________________________________



सत्यलाई सजिलै चबाउँछु भन्थ्यौ
चबाउन नथाल्दै किन दाँत हल्लियो

कतिपल्ट तिमीले झुक्यायौ सम्झ त !
सोच किन हाम्रो प्यारो साथ हल्लियो
________________________________________________________


भगवानकाे कसम खाएर नपिउनेले साेमरस पिलाए
भगवानले भेट गराउछन् भन्नेहरू मिन्दरमा नै बिलाए
_______________________________________________________


उसलाई त मैले चिनकै छैन
उसले त मलाई चिन्छे रे
मेरो मायाको दाम सोद्धै थिई
सस्तोमा पाए किन्छे रे
________________________________________________________



फेसबुके निम्तो गरेछौ माइती 
बहानाले भितो भरेछौ माइती
पहिरो भन्दा गहिरो नाता,
कुन बाध्यतामा परेछौ माइती !!!
____________________________________________________



बिहे अघि सुनचादी सबै किनी दिन्छु भनेउ

आज फेरी एक चिम्टी नुनको मूल्य गनेउ

आखिर अधेरी नै प्यारो थियो भने, 

उधारोमा अधेरी चिर्ने पुर्णिमाको जुन किन किनेउ ??

______________________________________________________




बुढेसकाल देख्छु फुलेको दार्हीमा आहा 
आखा लगाउदै हिड्छौ सारीमा आहा
जुन सिटमा केटी तेही सिटमा बस्छौ
पापी नजर लाउछौ नारीमा आहा
______________________________________________________

घरमा भान्से बनाएर राखेकाछौ घरकीलाई
गिद्दे नजर लगाएर हिडछौ अर्कीलाई
____________________________________________________



जुन कहिले भुइतिर झर्दैन त्यो हजुरको भ्रम हो

आखा गयो भन्दै नजर लगाउनु बैसको गरम हो

____________________________________________________





मृग नयनी आखा, कालो कपाल
नाखार्माउली केटीको चालाले, भयो बेहाल
______________________________________________________

दया माथि है बाट ज्यानचरी झरयो चुच्चैमा चारो छ तिमी छ्यौ वारी म तमोर पारी भेट हुनै गारो छ ।। दिनेश
कुहुमा कुहु कोईली चरी गाउँदैछ बनैमा, अहिले नै भेटौ आजनै भेटौ भइराछ मनैमा
दया
डालीमा बस्यो पहेँली चरी के ल्यायो खबर , देखेको छैन चिनेको छैन भेट्गर्ने रहर ।
दिनेश
भेट्ने मन थियो पठाए खबर त्यो कालो कौवालाई, बिर्सेको छैन अोत लागी बस्या पाटी र पौवालाई
दया
पिपलु माथि शीतलु भयो बरैको छायाले बिर्सेछ क्यारे दाउरा घाँस गको हितैको मायाले ।
दिनेश
असार मासमा गरेको रोपाई मंसिरमा काटौला, हित र चित मिलेछ भने मन मुटु साटौला
दया
कुटुमा कुटु माछि जाल काट्यो माछैको भुराले फाटेको मन बुझेन अझै मायाको कुराले ।
दिनेश
माथी है माथी सैलुंगे लेकमा फुल फुल्यो बुकीको, आफ्नो है भन्ने कोही पनि छैन अभागी दुखीको
दया
भैसीले खायो खरुको घाँस गाईले रनबन मायालु ज्यानले नभन तेसो झन रुन्छ पापी मन ।
दिनेश
तलमा तल दोभान बेशी धान पनि पसायो मायालु ज्यानको त्यो कुरा सुनी आँखा नै रसायो !
दया
धानैको बाला लहमा लह कोदोको कपनी मायालु ज्यानलाई नभेटे सम्म रोइरन्छु मपनि ।
दिनेश
त्यो सुख्खा पराल भैसीलाई दिए खान्छ कि खादैन मायालु ज्यानलाई मन मुटु दिए लान्छ कि लादैन (काईला लान्छ कि लादैन)
3 July 08:17